आहा ! रारा पोखरा गोल्डकपः ‘चर्च ब्वाइजको पहिलो खेल पहिलो जित’

पाेखरा | पुस १५, २०७९

आहा ! रारा पोखरा गोल्डकपः ‘चर्च ब्वाइजको पहिलो खेल पहिलो जित’

पोखराः   सहारा क्लबले आयोजना गरेको २२ औं संस्करणको आहा ! रारा गोल्डकपमा चर्च ब्वाइज युनाइटेडले प्रतियोगितामा पहिलो खेलमा पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई २–१ ले स्तब्ध पारेको हो ।


खेलको पहिलो हाफमा विभागीय टिम नेपाल पुलिस क्लबले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु पर्‍यो । खेलको २५ औं मिनेटमा विभागीय टिम नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । उनले निरकुमार राईको पासलाई सुन्दर फिनिसिङ गर्दै विपक्षी पोस्टमा बल चुमाएका थिए ।


पहिलो हाफमा दबाबमा रहेको चर्च ब्वाइज दोस्रो हाफमा भने खेल सुधारेको थियो । अधिकांश समय नेपाल पुलिसलाई दबाबमा राख्न सफल भयो । पटकपटक पोस्ट प्रहार गरे पनि ७७ औं मिनेटमा मात्रै गोल गर्न सफल भयो ।


खेलको ७७ औं मिनेटमा चर्च ब्वाइजका तर्फबाट अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनी केही दिनअघिमात्रै मनाङ मर्स्याङ्दी छाडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका थिए ।


खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका एरिक विष्टले प्रहार गरेको बल नेपाल पुलिसका गोलरक्षक सञ्जीत श्रेष्ठको हात छुँदै बाहिरियो । तत्पश्चात चर्च ब्वाइजले पाएको कर्नर किक तेज तामाङले प्रहार गरेका थिए ।


तामाङको प्रहार विपक्षी टिमले सुरक्षित गर्न खोजे पनि बल एरिकको नजिक पुगेको थियो । बललाई हेडिङ गर्दै उनले बल पुनः विपक्षी पोस्टमा फ्याँकेका थिए । सोही ‘डिफ्लेक्ट’बललाई अञ्जनले प्रहार गर्दै सुन्दर फिनिसिङ दिएका हुन् ।


निर्धारित समयको अन्तिममा नेपाल पुलिसले डिबक्स एरिया नजिकै फ्रिकिक पाएको थियो । बुद्ध लामाले प्रहार गरेको फ्रिकिकको रिबाउन्ड बललाई नीरकुमार राईले क्रस पास दिएका थिए । उनको पासमा भरत शाहले हेमन्त श्रेष्ठले हेडिङमार्फत गोल गरेका थिए । तर, सहायक रेफ्री प्रकाश भुजेलले अफसाइड दिएपछि उक्त गोलले मान्यता पाएन ।


खेलको अन्तिम मिनेटमा पाएको अवसर पनि गोल मान्यता नपाएपछि केहीबेर खेलाडी र रेफ्रीबीच भनाभनसमेत भएको थियो । लगत्तै निर्धारित समय सकिएर खेल अतिरिक्त समयमा गएको थियो ।


अतिरिक्त समयको पहिलो हाफमै गोल गर्र्दै चर्च ब्वाइजले अग्रता लिएको थियो । अतिरिक्त समयको आठौं मिनेटमा चर्च ब्वाइजले कर्नर पायो । जसको सदुपयोग गर्र्दै चर्चब्वाइजले पुनरागमन अग्रता लिएको थियो ।


चर्च ब्वाइजका तेज तामाङले प्रहार गरेको कर्नर किक अञ्जन विष्टको ‘हेडिङ ब्याक फ्लिप’लाई अनन्त तामाङले प्रहार गर्दै विपक्षी गोलपोस्टको जाली चुमाएका थिए । सहारा वर्ष खेलाडी घोषित तामाङ पनि हालैमात्र थ्रीस्टार छोडेर चर्चमा अनुबन्धित भएका हुन् ।


आहा रारा गोल्डकपको क्वाटरफाइनलमा चर्च ब्वाइज क्लबको मच्छिन्द्रसँग खेल्नेछ । चर्च ब्वाइज  यसै सिजन ए डिभिजनमा उक्लिएको हो । मच्छिन्द्र जारी प्रतियोगितामा बाई पाउँदै सिधै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।


खेलपछि नेपाल पुलिस क्लबका सहायक प्रशिक्षक रविन श्रेष्ठले आफ्ना खेलाडीले राम्रो खेले पनि लाइन्सम्यानबाट गम्भीर गल्ती भएको प्रतिक्रिया दिए ।


‘समग्रमा आजको गेम एकदमै कम्पिटेटिभ भयो । टिमले राम्रै गरेको हो, राम्रै मान्नुपर्छ । तर, जुन किसिमको लाइन्सम्यान हुनुपर्थ्यो, यत्रो टुर्नामेन्ट भइसकेपछि लाइन्सम्यान राम्रो हुनुपर्थ्यो,’ उनले भने, ‘केटाहरुको बाँकी खेल राम्रै थियो । हामीले पाएको गोल लाइन्सम्यानले दिनुपर्छ । त्यस्तै निर्णयले हो गेममा टर्निङ प्वाइन्ट हुन्छ ।’


चर्च ब्वाइजका प्रशिक्षक विक्रम लामाले नयाँ टिम भएकाले खेलाडीलाई एकआपसमा फर्ममा ल्याउनै गाह्रो भए पनि पछि सुधार गरेको सुनाए ।


‘पछि हामीले खेलको फर्मेसन चेन्ज गर्‍यौं,’ उनले भने, ‘हामीले लामो, राम्रोसँग तयारी गरेर आउन पाएनौं । तर, जेहोस् प्लेयरहरुले छोटो समयमै भए पनि फर्ममा आउन सकेको मान्नुपर्छ ।’

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

थप पढ्नुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ।   निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...

थप पढ्नुहोस्

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्